Advertisement
Skip This
ट्रेण्डिङ

शिक्षक आन्दोलनमा काँग्रेसको समर्थन, सरकारलाई वार्ताको आग्रह

होमपेज /
  • निरु चौधरी
  • २७ चैत २०८१ (६ महिना अघि)
  • ५६१

बेलौरी, कञ्चनपुर

विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघप्रति नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ले ऐक्यवद्धता जनाएकाे छ।

काँग्रेस क्षेत्रीय सभापति गाेपी प्रसाद उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा सरकारलाई तत्काल वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरिएको छ।

काँग्रेसले मंगलबार जारी गरेको अपिलमा शिक्षा लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै शिक्षकका जायज माग सम्बोधन गर्न सरकारलाई अपिल गरिएको छ।

क्षेत्रीय सभापति उपाध्यायले शिक्षक आन्दोलनलाई अधिकारसँगै शिक्षा प्रणाली सुधारको अभियान बताएका छन् भने सचिव विसराम रानाले पुराना सम्झौता कार्यान्वयन नगर्दा समस्या बढेको टिप्पणी गरेका छन्।

भने, उता आन्दोलनरत शिक्षक प्रतिनिधि नवीन सिंह धामीले काँग्रेसको समर्थनमा आभार व्यक्त गर्दै भने, “अब सरकारले तत्काल वार्ताबाट समाधान खोज्नुपर्छ।”

काँग्रेस कञ्चनपुरले शिक्षा क्षेत्रको समृद्धि लोकतन्त्रको आधार भएको भन्दै समस्या समाधानमा गम्भीर हुन सरकारलाई सचेत गराएको हाे ।

अन्तिम अध्यावधिक: २७ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस