कञ्चनपुरका ३१ जना सम्पर्क विहीन (नाम सहित)

होमपेज / घटना / मुख्य समाचार / समाचार /
क्षेत्रनम्बर १ बाट ९ जना
कञ्चनपुरका ३१ जना सम्पर्क विहीन (नाम सहित)
  • चन्द्रिका चौधरी
  • ११ भदौ २०८३ (२१ घण्टा अघि)
  • ३४६

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर —

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो क्षति भइरहेका बेला बाढी प्रभावित क्षेत्रमा पुगेका कञ्चनपुरका ३१ जना सम्पर्कविहीन भएका छन्। तीमध्ये कञ्चनपुर क्षेत्र नं. १ का मात्रै ९ जना रहेकाे जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार सम्पर्कविहीन व्यक्तिका आफन्तले प्रहरीमा सम्पर्क गरी उनीहरू लामो समयदेखि सम्पर्कमा नरहेको जनाए।

उनलेे भने, आफन्तबाट प्राप्त सूचनाका आधारमा प्रहरीले सम्पर्कविहीन व्यक्तिहरूको विवरण सङ्कलन गर्दै सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेको छ।,

क्षेत्र नं. १ बाट सम्पर्कविहीन हुनेमा बेलडाँडीका सन्तोष राना, अजय राना र सुरेश राना, लालझाडीका वीरेन्द्र राना, जितेन्द्र राना र पदमसिंह साउद तथा बेलौरीका प्रकाश चौधरी, खुसीराम चौधरी र रामचन्द्र चौधरी रहेका छन्। 

सम्पर्कविहीन ३१ जनाकाे पूरा विवरण

नाम

पदम ब. मल्ल

उमेर ५५

ठेगाना

भि.न.पा. १० तिलकेनी कञ्चनपुर

देव ब. चन्द

५२

भि.न.पा. ५ बनगाउँ कञ्चनपुर

नरेश जोशी

५०

भि.न.पा. १३ बडैपुर कञ्चनपुर

प्रेम प्रसाद जोशी

३२

भि.न.पा. १० तिलकेनी कञ्चनपुर

रामचन्द्र चौधरी

२८

बेलौरी न.पा. ३ पडाव कञ्चनपुर

रमेश राज जोशी

३३

कृष्णपुर न.पा. ५ कञ्चनपुर

रिकेश राना

२९

कृष्णपुर न.पा. ३ देखतभुली कञ्चनपुर

कालु राना

३०

कृष्णपुर न.पा. ३ कञ्चनपुर

पदम साउद

४३

कृष्णपुर न.पा. ३ कञ्चनपुर

हिक्मत ब. पाल

२३

कृष्णपुर न.पा. ४ कञ्चनपुर

खुसीराम चौधरी

२९

बेलौरी न.पा. ५ रामनगर कञ्चनपुर

प्रकाश चौधरी

२७

बेलौरी न.पा. ५ रामनगर कञ्चनपुर

नरेन्द्र ब. चौधरी

३५

शु.न.पा. ३ पिपलाडी कञ्चनपुर

नरेश चौधरी

२९

शु.न.पा. ३ पिपलाडी कञ्चनपुर

हरी चौधरी

३०

शु.न.पा. ३ पिपलाडी कञ्चनपुर

प्र.ह. नरेन्द्र प्रसाद भट्ट

३६

वेदकोट न.पा. ८ कञ्चनपुर

भुवनेश्वरी भट्ट

३०

भि.न.पा. १७ मझगाउँ कञ्चनपुर

पदम जोशी

४७

वेदकोट न.पा. ३ कञ्चनपुर

उमेश धामी

२७

भि.न.पा. १० तिलकेनी कञ्चनपुर

पदम सिंह साउद

४३

लालझाडी गा.पा. ५ कञ्चनपुर

सुनिल चौधरी

३४

शु.न.पा. ३ पिपलाडी कञ्चनपुर

दिपेन्द्र डगौरा

२५

शु.न.पा. ३ जोनापुर कञ्चनपुर

अभिषेक डगौरा

२५

शु.न.पा. ३ जोनापुर कञ्चनपुर

हरिलाल डगौरा

२५

शु.न.पा. ३ जोनापुर कञ्चनपुर

लक्ष्मण गुरुङ

५०

भि.न.पा. १८ कञ्चनपुर

चन्दा जोशी

३४

भि.न.पा. ६ भगवती टोल कञ्चनपुर

कालु राम चौधरी

३८

शु.न.पा. २ लक्ष्मीपुर

मनिष चौधरी

२५

भि.न.पा. २ उल्टाम

अजय राना

२२

बेलडाँडी गा.पा. ३ कमरी

सुरेश राना

२५

बेलडाँडी गा.पा. ३ कमरी

सन्तोष राना

२५

बेलडाँडी गा.पा. ३ कमरी

बाढी प्रभावित क्षेत्रमा कञ्चनपुरबाट रोजगारी, व्यवसाय तथा अन्य कामको सिलसिलामा पुगेका नागरिकको संख्या यकिन गर्ने र उनीहरूको अवस्थाबारे जानकारी लिने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन व्यक्तिको परिवार तथा आफन्तबाट प्राप्त हुने थप विवरणका आधारमा सूची अद्यावधिक गरिने बताइएको छ।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा रहेका आफन्तको अवस्थाबारे जानकारी नआएको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी विवरण उपलब्ध गराउन आग्रह गरेको छ। साथै, अपुष्ट सूचना तथा हल्लाको पछि नलागी आधिकारिक सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ।

यसैबीच, विपद्को संवेदनशील अवस्थामा सबै पक्षलाई संयमित र एकताबद्ध भएर खोज तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरिएको छ।

सम्पर्कविहीन व्यक्तिका परिवारजनलाई धैर्यधारण गर्न तथा आवश्यक समन्वयका लागि प्रहरीसँग निरन्तर सम्पर्कमा रहन समेत अनुरोध गरिएको छ।

अन्तिम अध्यावधिक: ११ भदौ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस