रास्वपा बेलौरी–४ मा टोल समिति गठन, पार्टी प्रवेशकाे लहर

होमपेज / समाचार /
आसन्न निर्वाचनलाई पनि घण्टीमय बनाऔँ : उपसभापति ‘क्वालिटी’
रास्वपा बेलौरी–४ मा टोल समिति गठन, पार्टी प्रवेशकाे लहर
  • चन्द्रिका चौधरी
  • १० भदौ २०८३ (३ घण्टा अघि)
  • १६४

बेलौरी, कञ्चनपुर —

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेलौरी नगरपालिका–४ मा वडा तथा टोल समिति गठन गरेको छ। संगठन विस्तार अभियानअन्तर्गत आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलमा आबद्ध दर्जनौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्।

मंगलबार बेलाैरी ४ नयाँ रिछाहमा वडा सभापति बुद्धि गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा रास्वपा सुदूरपश्चिम प्रदेश उपसभापति भोजराज जोशी ‘क्वालिटी’ काे प्रमुख आतिथ्यता रहेकाे थियो।

कार्यक्रममा प्रदेश समिति सदस्य सुरेश विक ‘सुरेन’, रास्वपा संस्थापक सदस्य बाशुदेव भट्ट ‘शीतल’, विभाग सदस्यद्वय टेकबहादुर साउद, लक्ष्मण दियाल, क्षेत्रीय संयोजक वीरेन्द्र शाही, नगर सभापति विष्णु शर्मा न्यौपानेसहित स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सदस्य विकले संगठन विस्तारको उद्देश्य संरचना थप्नु मात्र नभई जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने प्रभावकारी संयन्त्र निर्माण गर्नु रहेको बताए।

वडा र टोल तहमा जनतासँग प्रत्यक्ष जोडिँदै नागरिकका गुनासा तथा आवश्यकतालाई सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि परिणाममुखी पहल गर्नुपर्नेमा उनले जोड दिए।

उनले भने, “जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्नुपर्छ। संगठन जनताको सुख–दुःखमा साथ दिने र समस्या पर्दा सबैभन्दा पहिले पुग्ने माध्यम बन्नुपर्छ।”

प्रदेश उपसभापति भाेजराज जोशी क्वालिटीले संगठन विस्तारसँगै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताए। पार्टीको नीति, विचार र उद्देश्यलाई गाउँ–टोलसम्म पुर्‍याउँदै नागरिकका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

सुशासन, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमै स्थापित गर्न सके मात्र राजनीतिप्रतिको जनविश्वास थप बलियो हुने उनको भनाइ थियो।

उनले रास्वपाको संगठन जनतामाझ सेवा, संवाद र सहकार्यको माध्यम बन्नुपर्ने उल्लेख गर्दै “टिकट जसले पाए पनि, हामी जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या बुझ्ने र समाधानका लागि काम गर्ने माध्यम बन्नुपर्छ” अब आसन्न स्थानीय र प्रदेश निर्वाचनलाई पनि घण्टीमय बनाउन सबै लाग्नुपर्ने बताए।,

नगर सभापति न्यौपानेले बेलौरीमा रास्वपाको संगठन वडा र टोल तहसम्म विस्तार भइरहेको बताए। उनले नयाँ जिम्मेवारी पाएका समिति तथा सदस्यहरूलाई संगठनको संरचना विस्तारमा मात्र सीमित नरही जनताका दैनिक समस्या, विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग जोडिएर काम गर्न आग्रह गरे।

“संगठन बलियो हुनुको अर्थ संख्या बढ्नु मात्र होइन, जनताको विश्वास जित्नु हो,” न्यौपानेले भने, “वडा र टोल समितिले नागरिकका समस्या सुन्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने गरी काम गर्नुपर्छ।”

कार्यक्रममा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र समूहमा आबद्ध दर्जनौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेका थिए। नवप्रवेशीलाई पार्टीका नेताहरूले स्वागत गरेका थिए।

नवप्रवेशीहरूले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी राजनीतिक संस्कारका लागि रास्वपामा आबद्ध भएको बताएका छन्। उनीहरूले पार्टीको संगठन निर्माणसँगै जनताका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

भने, वडा तथा टोल समिति गठन र नयाँ सदस्यहरूको प्रवेशसँगै बेलौरी–४ मा रास्वपाको संगठन थप व्यवस्थित बनेको नगर सभापति न्याैपानेले बताए।,

आगामी दिनमा बाँकी वडा तथा टोलमा समेत संगठन विस्तार गर्दै जनतासँग प्रत्यक्ष संवाद, समस्या पहिचान र समाधानका लागि निरन्तर पहललाई प्राथमिकतामा राखिने रास्वपाले जनाएको छ।

अन्तिम अध्यावधिक: १० भदौ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस