अर्जुनी जंगलमा वन्यजन्तु सडकमा आएपछि..

होमपेज / दुर्घटना / विविध / समाचार /
सवारीसाधन चलाउँदा गति सीमित गर्न अनुरोध
अर्जुनी जंगलमा वन्यजन्तु सडकमा आएपछि..
  • चन्द्रिका चौधरी
  • ६ असोज २०८३ (२ दिन अघि)
  • ११५

बेलाैरी, कञ्चनपुर ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत अर्जुनी जंगल क्षेत्रमा वन्यजन्तु अचानक सडकमा आएपछि तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

सोमबार अर्जुनी जंगल क्षेत्रमा सडकमा अचानक जंगली जनावर दौडिएर आएपछि मोटरसाइकल चालकहरूले नियन्त्रण गुमाउँदा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकलमा सवार केही व्यक्ति घाइते भएका छन् भने दुर्घटनाका क्रममा सडकमा आएको वन्यजन्तुमा समेत क्षति पुगेको जनाइएको छ।

जंगल क्षेत्रमा प्रायः वन्यजन्तु अचानक सडकमा आउँदा सवारीसाधन दुर्घटनामा पर्ने जोखिम रहेको स्थानीयले बताएका छन्।

यसअघि पनि निकुञ्ज तथा जंगल क्षेत्रका सडकमा वन्यजन्तु सडकमा आउँदा सवारीसाधन दुर्घटनामा पर्ने तथा वन्यजन्तु घाइते हुने घटना हुँदै आएका छन्। 

निकुञ्ज क्षेत्रका सडक वन्यजन्तुको प्राकृतिक आवतजावत हुने क्षेत्रसमेत भएकाले सवारी चालकले गति सीमित राख्न अनुरोध गरिएको छ।

अन्तिम अध्यावधिक: ६ असोज २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस