बेलाैरी : जेन्जी सहिद दिवसमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

होमपेज / विविध / समाचार / समाज /
बेलाैरी : जेन्जी सहिद दिवसमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
  • निरु चौधरी
  • २३ भदौ २०८३ (१९ घण्टा अघि)
  • १९२

बेलौरी, कञ्चनपुर । जेन्जी सहिद दिवसको अवसरमा बेलौरी बजारस्थित तौला राना चोकमा मंगलबार साँझ दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।

‘जेन–जी बेलौरी तथा समर्थक’को आयोजनामा भएको कार्यक्रममा स्थानीय जेन्जी युवा, समर्थक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेकाे जनाइएको छ।

सहभागीहरूले आन्दोलनका क्रममा उठाइएका माग सम्बोधन गर्दै युवाको आवाजलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताए।

बेलौरी नगर युवा सञ्जालका अध्यक्ष एवम् जेन्जी युवा विष्णुदत्त अवस्थीले आन्दोलनका कतिपय माग अझै सम्बोधन हुन नसकेको बताए। उनका अनुसार सरकारले युवाको अपेक्षा र आन्दोलनका क्रममा उठेका जायज मागलाई सम्बोधन गर्न ढिलाइ गर्नु हुँदैन।,

“जेन्जी आन्दोलनका कतिपय माग अझै पूरा भएका छैनन्। सरकारले युवाको आवाजलाई गम्भीरतापूर्वक लिएर माग सम्बोधनको प्रक्रिया अघि बढाउनुपर्छ,” उनले भने।

कार्यक्रममा सहिदहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूले देखेको परिवर्तनको बाटोमा राज्य र नागरिक दुवै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा जेन्जी आन्दोलनका सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

अन्तिम अध्यावधिक: २३ भदौ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस