बेलौरी काँग्रेस सभापतिमा प्रकाश श्रेष्ठ सर्वसम्मत

होमपेज / राजनीति / समाचार /
उपसभापतिमा शाही
बेलौरी काँग्रेस सभापतिमा प्रकाश श्रेष्ठ सर्वसम्मत
  • चन्द्रिका चौधरी
  • ७ असोज २०८३ (१२ घण्टा अघि)
  • ८८

चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर -  नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बेलौरी नगर सभापतिमा प्रकाश श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।

उपसभापतिमा भूपेन्द्रबहादुर शाही र महिला उपसभापतिमा फरिस्ता राना निर्वाचित भएका हुन्। सचिवमा कन्हैया राना र सहसचिवमा अन्तराम राना चयन गरिएको निर्वाचन समितिले जनाएको छ।

नगर कार्यसमिति सदस्यमा नरेश पन्त, पार्वती राना, डम्बरलाल चौधरी, दिनेशलाल मिश्रा, हुमाकान्त पन्त, रेखा विष्ट, ईश्वरबहादुर चन्द, लक्ष्मी शाह, कर्णबहादुर कुँवर, जानुदेवी राना, मतिराम भट्ट, कल्पनादेवी विष्ट, दुठन् राना, गीता राना, लक्ष्मी ठगुन्ना र रणवीरसिंह थापा रहेका छन्।

त्यस्तै, रत्नामाया सिंह र यज्ञराज जोशी पनि कार्यसमितिमा समेटिएका छन्। युवा खुलातर्फ तन्ननुराज पन्त, मिना पाण्डे कार्की र मायाराम चौधरी तथा दलित महिलातर्फ बसन्ती नेपाली चयन भएकी छन्।

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ नगर कार्यसमिति गठन गरेको हो। श्रेष्ठ बेलाैरी नगरपालिका वडा नम्बर ७ का दुईपटक जननिर्वाचित वडाध्यक्ष हुन् । 

जनप्रिय वडाध्यक्ष समेत रहेका नगर सभापति श्रेष्ठलाई काँग्रेसले आगामी स्थानीय निर्वाचनमा मेयर पदका लागि अगाडि सार्ने समेत पार्टी पंक्तिमा चर्चा चलिरहेको छ।

अन्तिम अध्यावधिक: ७ असोज २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस