कञ्चनपुर : तीन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए

होमपेज / मुख्य समाचार / समाचार /
कञ्चनपुर : तीन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए
  • निरु चौधरी
  • २५ भदौ २०८३ (८ घण्टा अघि)
  • १३८

बेलाैरी, कञ्चनपुर -

कञ्चनपुरका तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको हो।

सरुवाअनुसार शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टको जिल्ला समन्वय समिति, दाङमा सरुवा भएको छ।

त्यस्तै, बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट र भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमलाई गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ।

शुक्लाफाँटामा विष्टको स्थानमा जिल्ला प्रशासन कार्यालय, तेह्रथुममा कार्यरत बन्दना राई आउने भएकी छन्। बेदकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पूर्वाधार विकास मन्त्रालयमा कार्यरत प्रकाश आचार्य र भीमदत्त नगरपालिकामा कृषि, वन तथा वातावरण मन्त्रालयमा कार्यरत बाबुराम घिमिरेलाई जिम्मेवारी दिइएको छ।

मन्त्रालयले बुधबार निर्णय गर्दै उनीहरूको सरुवा गरेको हो।

अन्तिम अध्यावधिक: २५ भदौ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस