कञ्चनपुरका २४ जना सम्पर्कविहीन

होमपेज / घटना / समाचार /
कञ्चनपुरका २४ जना सम्पर्कविहीन
  • रेडियो सुदूर सञ्चार
  • ११ भदौ २०८३ (२ घण्टा अघि)
  • ३१

बेलाैरी, कञ्चनपुर ।

रसुवा जिल्लाकाे भाेटेकाेशीमा आएको विनाशकारी बाढीपछि कञ्चनपुरका २४ जना सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले रसुवा बाढीमा परी हालसम्म २४ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार सम्पर्कविहीन भएका व्यक्तिका आफन्तले प्रहरीमा सम्पर्क गरी उनीहरूको अवस्थाबारे जानकारी गराएका हुन्।

उनका अनुसार सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, नेपाली सेना तथा हाइड्रोपावर आयोजनामा कार्यरत कामदारहरूसमेत रहेका छन्।

त्यसैगरी, बैतडी र डडेल्धुराका तीन जनाका आफन्तले समेत जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी आफ्ना परिवारका सदस्य सम्पर्कविहीन भएको जानकारी गराएका छन्।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा रोजगारी तथा अन्य कामका सिलसिलामा रहेका र हालसम्म परिवारको सम्पर्कमा नआएका व्यक्तिका आफन्तले कञ्चनपुर प्रहरीले सार्वजनिक गरेका सम्पर्क नम्बरमा फोन गरी जानकारी गराएका छन्।

प्रवक्ता रावतका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारमा सहजीकरणका लागि प्रहरीले आवश्यक समन्वय गरिरहेको छ।

अन्तिम अध्यावधिक: ११ भदौ २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस