रास्वपा सभापति रवि लामिछाने धार्मिक भ्रमणका लागि भारत प्रस्थान

होमपेज / मुख्य समाचार / समाचार /
रास्वपा सभापति रवि लामिछाने धार्मिक भ्रमणका लागि भारत प्रस्थान
  • रेडियो सुदूर सञ्चार
  • ७ कात्तिक २०८३ (२० घण्टा अघि)
  • २७

कञ्चनपुर -

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने व्यक्तिगत तथा धार्मिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । कारागारमा रहँदा गरेको भाकल पूरा गर्न धार्मिक स्थलमा पूजाअर्चना गर्न भारत जान लागेको उहाँले बताउनुभयो।

काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने पत्नी निकिता पौडेलसहितकाे टाेली कञ्चनपुरको गड्डाचौकी नाका हुँदै शुक्रबार दिउँसो भारत प्रस्थान गरेको छ।

धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले आफ्नो भ्रमण पारिवारिक र धार्मिक उद्देश्यमा केन्द्रित रहेको बताउनुभयो।

परिवारको आध्यात्मिक आस्था र परम्पराअनुसार कारागारमा रहँदा गरिएको भाकल पूरा गर्न भारत जान लागेका उहाँको भनाइ छ ।

कैंचीधाम र कामाख्या मन्दिर रोज्नुको कारणबारे सोधिएको प्रश्नमा उहाँले पहिलेदेखि नै ती धार्मिक स्थलमा जाने योजना रहेको बताउनुभयो । 

अन्तिम अध्यावधिक: ७ कात्तिक २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस