बेलाैरी नगरपालिका ६ भंगी नालामा एक पुरुष मृत फेला

होमपेज / घटना / समाचार / समाज /
बेलाैरी नगरपालिका ६ भंगी नालामा एक पुरुष मृत फेला
  • चन्द्रिका चौधरी
  • ११ असोज २०८३ (१४ घण्टा अघि)
  • ६३६

चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर ।  बेलौरी नगरपालिका–६ स्थित भंगी नालामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही वडाका ३९ वर्षीय महेश केसी रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल चौधरीका अनुसार केसी शनिबार दिउँसो देखि सम्पर्कमा थिएनन्। लामो समयसम्म घर नफर्किएपछि परिवार तथा स्थानीयले उनको खोजी सुरु गरेका थिए।

आइतबार बिहान केसी बेपत्ता भएको जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो। टोलीले आसपासका क्षेत्र तथा भंगी नालामा खोजी गर्ने क्रममा अन्ततः केसीलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

बेलाैरी प्रहरीका अनुसार केसीको शव भंगी नालामा फेला परेको हो। शव फेला परेपछि प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

स्थानीयका अनुसार केसीले मदिरा सेवन गर्ने गरेकाे बताइन्छ। यद्यपि, उनको मृत्यु मदिरा सेवनकै कारण भएको हो वा अन्य कुनै कारणले भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धानपछि मात्रै मृत्युको कारणबारे थप जानकारी आउने प्रहरीले जनाएको छ।

अन्तिम अध्यावधिक: ११ असोज २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस