कञ्चनपुर : बेलाैरीमा बालेन

होमपेज /
कञ्चनपुर : बेलाैरीमा बालेन
  • चन्द्रिका चौधरी
  • १३ माघ २०८२ (१ हप्ता अघि)
  • ६८९

आज (मंगलबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कञ्चनपुरको पुनर्वास हुदै बेलौरी आउने भएका छन्।

निर्वाचन विशेष कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन दिउँसो २ बजे बेलाैरी बजार पुग्ने कार्यक्रम तह गरिएको स्रोतले जनाएको छ।

बलेनकाे उपस्थितिलाई लिएर स्थानीय तहका पार्टी कार्यकर्ता तथा समर्थकहरू निकै उत्साहित देखिएका छन्।

रास्वपा कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार जनकसिंह धामीले पत्रकार संगकाे कुराकानीमा भने बालेन शाह आज दिउँसो बेलौरी बजारस्थित क्षेत्रीय पार्टी कार्यालयमा कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ।

सो कार्यक्रममा पार्टीको चुनावी रणनीति, संगठन विस्तार तथा सामान्य छलफल हुनेछ। भने, त्यसपछि कलुवापुर सडक हुँदै निर्वाचन क्षेत्र नम्बर २ र ३ मा जाने कार्यक्रम तय गरिएकाे छ।

निर्वाचनको मुखमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रमुख एजेन्डा बनाउँदै आएको रास्वपाको अभियानअन्तर्गत बालेन शाहको यो निर्वाचन विशेष कार्यकर्ता भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अन्तिम अध्यावधिक: १३ माघ २०८२