न्यानो बाँड्दै सिमरा जेसिज : चकरीमा कपडा वितरण

होमपेज / -विद्युत / अन्तर्राष्ट्रिय / अन्तर्वार्ता / अपराध / अर्थ / आजको छापाबाट / आफ्नै विचार / उद्योग / कला संस्कृति / कृषि / खेलकुद / घटना / जीवनशैली / दुर्घटना / पर्यटन / पूर्वाधार / प्रवास / प्रवासका प्रतिभा / फोटो ग्यालरी / बिज्ञान प्रविधि / बैंक/वित्त / मनोरंजन / मुख्य समाचार / राजनीति / राशिफल / रोचक प्रसङ्ग / लेख / लेख/साहित्य / विचित्र संसार / विविध / समाचार / समाज / स्वदेशको सिर्जना / स्वास्थ्य/शिक्षा /
न्यानो बाँड्दै सिमरा जेसिज : चकरीमा कपडा वितरण
  • रेडियो सुदूर सञ्चार
  • १४ माघ २०८० (२ बर्ष अघि)
  • ९२७

सिमरा: सिमरा जेसीजले जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित चकरीमा शनिबार न्यानो कपडा वितरण गरेको छ ।

जेसीजले चकरीका ७० जना स्थानीयलाई ट्रयाकसुट वितरण गरेको हो । चिसोका कारण प्रभावित विपन्न बस्तीका नागरिकलाई राहत स्वरुप न्यानो कपडा वितरण गरेको जेसीजले जनाएको छ ।

सिमरा जेसीज वर्ष २०२४ का अध्यक्ष लक्की रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २२ का वडाध्यक्ष शेखरकाजी रुम्बा, जेसीजका पूर्वअध्यक्ष धनन्जय थोकर, शालिकराम अधिकारी, लक्ष्मण अधिकारी, सल्लाहकार हरिशरण अधिकारी, महासचिव अस्मिता शर्मासहित जेसीजको वर्ष २०२४ का पदाधिकारी र सदस्यलगायतको उपस्थिति रहेको थियो ।

रिमालको नेतृत्वमा निर्वाचित जेसीज वर्ष २०२४ का पदाधिकारीले हालै पदस्थापन गरेका थिए । रिमालको नेतृत्वमा निर्वाचित पदाधिकारीमा कार्यकारिणी उपाध्यक्ष सुमित अधिकारी, रेवती देवकोटा, कानुनी सल्लाहकार सुशील पौडेल, महासचिव अस्मिता शर्मा, कोषाध्यक्ष द्वारिका पौडेल, उपाध्यक्ष भरत आचार्य, रामेश्वर बाँस्कोटा, सोनी कार्की र राजु चौरसिया रहेका छन् ।

अन्तिम अध्यावधिक: ११ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस