रोल्पा : झोलुङ्गे पुलको जगको खाडलमा पुरिएर पाँचजनाको मृ*त्यु

होमपेज / समाचार / समाज /
रोल्पा : झोलुङ्गे पुलको जगको खाडलमा पुरिएर पाँचजनाको मृ*त्यु
  • रेडियो सुदूर सञ्चार
  • १६ मंसिर २०८१ (१ बर्ष अघि)
  • २६३

रोल्पामा झोलुङ्गे पुलको खाडलमा पुरिएर पाँचजनाको मृत्यु भएको छ। सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगरका अनुसार झोलुङ्गे पुलको निर्माणका लागि खनिएको जगको खाडलमा पुरिएर पाँचजनाको मृत्यु भएको हो।

‘गाउँपालिकाको वडा नम्बर ३ मा नयाँ झोलुङ्गे पुल निर्माणका लागि जग खन्ने काम भइरहेको थियो। त्यहीबेला माथिबाट पहिरो आएर पुरेछ,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार पुरिएर सुनछहरी गाउँपालिकाकै वडा नम्बर ३ बाहिरी गाम बस्ने वर्ष ४५ का दुजमन परियार, सोही ठेगानाका वर्ष ३१ का ओम परियार, वर्ष ४० की सुबित्रा परियार, वर्ष २७ की आइती परियार र वर्ष ६६ का देवीराम परियारको मृत्यु भएको हो । 

अन्तिम अध्यावधिक: १६ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस