दार्चुलाको दुहुँ–५ मा काँग्रेसका कुवँर विजयी

होमपेज / मुख्य समाचार / समाचार / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • १६ मंसिर २०८१ (५ महिना अघि)
  • २२१

दार्चुला -

दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडा अध्यक्षमा नेपाली काँग्रेसका धनसिंह कुवँर विजयी भएका छन्।आइतबार भएको उपनिर्वाचनमा ३ सय ७६ मत प्राप्त गर्दै कुवँर विजयी भएका हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार मान सिहं बडालले ३ सय ५८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका वीर सिंह कार्कीले ९८ मत प्राप्त गरे । भने स्वतन्त्र तर्फका उम्मेदवार लालसिंह कुवरले २५ मत प्राप्त गरेका छन् ।

यस वडामा कूल ८ सय ७७ मत खसेको थियोे । भने २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७९ मा यहाँ नेकपा माओवादी केन्द्रले जितेको थियो ।

 

अन्तिम अध्यावधिक: १६ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस