एनपीएलको पुरस्कार राशि घोषणा, विजेताले १ करोड १० लाख पाउने

होमपेज / खेलकुद / मुख्य समाचार /
एनपीएलको पुरस्कार राशि घोषणा, विजेताले १ करोड १० लाख पाउने
  • रेडियो सुदूर सञ्चार
  • २ पुष २०८१ (१ बर्ष अघि)
  • ३६३

नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार राशि घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो। पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ।

 

 

यस्तै उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ। एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन्। बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन्। यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ। पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ। फाइनल खेल शनिबार हुनेछ। 

 

 


 

 

 

अन्तिम अध्यावधिक: २ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस