Advertisement
Skip This
ट्रेण्डिङ

बेलौरी : तेस्रो औद्योगिक व्यापार मेला शुरु, मेयर चाैधरीद्वारा उद्घाटन

होमपेज / मुख्य समाचार / समाचार /
  • चन्द्रिका चौधरी
  • ८ पुष २०८१ (१० महिना अघि)
  • ६५३

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर -  

कञ्चनपुरको बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएको छ । सोमबारदेखि जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला शुरु भएको हो । 

बेलौरीकाे खुला मञ्चमा उद्योग वाणिज्य संघको आयोजना एवम् नगरपालिकाको सह-आयोजनामा तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला शुरु भएको हाे । 

‘कृषि पर्यटन, उद्योग र व्यापार समृद्ध बेलौरीको आधार’ मूल नारा अघि सारेर तेस्रो संस्करणमा मेला सञ्चालन गरिएको छ । 

बेलौरी नगरपालिका प्रमुुख पोतीलाल चौधरीले एक कार्यक्रमका विच मेलाको औपचारिक उद्घाटन गरेका छन् । मेलाको उद्घाटन गर्दै मेयर चौधरीले निजी र सरकारी क्षेत्रको संयुक्त साझेदारीमा सञ्चालन भएको मेलाले नगरकै कृषि, पर्यटन, औद्योगिक विकासमा टेवा पुर्याउने बताए ।,

मेयर चौधरीले नगरपालिकाले समेत कृषि क्षेत्रमा थुप्रै कामकाज अघि बढाएकाले मेलाले थप नगरको कृषि प्रर्बद्धनका टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले मेलाबाट क्षेत्रको विकास प्रर्बद्धनमा समेत जोडदिएका छन् । 

यस अघि दुई संस्करण मेला लगाईसकेको वाणिज्य संघले तेस्रो पटक हिउँदमै मेला सञ्चालन गरेकाे छ । यद्यपि बेलौरी महोत्सवको लक्ष्य कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय स्तरकाे उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्ने रहेको आयोजकको दावी छ ।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्टले बेलौरीको पर्यटन, कृषि, औद्योगिक विकासका लागि मेला सञ्चालन गरिएको बताए । 

महोत्सवमा हाल ६० स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकला, औद्योगिक सामग्री, र आधुनिक प्रविधि प्रदर्शनी स्थानीय किसानहरूले आफ्ना जैविक उत्पादित बस्तु, विभिन्न स्वादिष्ट परिकार समेत राखिएको छ । स्थानीय, उद्योगी, व्यवसायीहरुलाई नै प्रमुख प्राथमिकतामा राखिएको अध्यक्ष विष्टको दावी छ।,

जिल्लाकै पहिलो सदरमुकाम समेत रहेको बेलौरी महोत्सवले बेलौरीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने मात्र नभई स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

महोत्सवको अर्को मुख्य आकर्षण स्थानीय समुदायका संस्कृति झल्किने कार्यक्रमहरू प्रर्दशनमा ल्याईने र स्थानीय एवम् राष्ट्रिय कलाकारबाट समेत दैनिक विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन् ।

महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी, र सांस्कृतिक समूहलाई आफ्नो उत्पादन, कला र सीप प्रदर्शन गर्न विशेष प्लेटफर्म प्रदान गरिएको छ । 

१० दिने महोत्सवमा स्थानीय उत्पादन, कला, र संस्कृतिको प्रवर्द्धन गर्दै कृषि, उद्योग र पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ । महाेत्सव १७ पुष सम्म सञ्चालन हुनेछ ।

अन्तिम अध्यावधिक: ८ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस