राजेश हमालको चलचित्र ‘नरसिंहाः अवतार’ चैत २९ मा रिलिज हुने

होमपेज / मनोरंजन / मुख्य समाचार / समाचार /
राजेश हमालको चलचित्र ‘नरसिंहाः अवतार’ चैत २९ मा रिलिज हुने
  • रेडियो सुदूर सञ्चार
  • ११ पुष २०८१ (१ बर्ष अघि)
  • ३४३

राजेश हमालको कमब्याक भनिएको चलचित्र ‘नरसिंहाः अवतार’ नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुने भएको छ ।

दिवाकर भट्टराईको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रबाट राजेश हमाल आठ वर्षपछि सिनेमामा देखिन लागेका हुन् । एक्सन तथा सोसल ड्रामा जनरामा निर्माण भएको ‘नरसिंहाः अवतार’मा राजेश हमालसँगै राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, सरोज खनाल, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेस चन्द सोडारी, प्रकाश कुँवरलगायत कलाकारको अभिनय रहनेछ । 

क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भइरहेको चलचित्रका द्वन्द्व निर्देशक चन्द्र पन्त हुन् । नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपानेको लगानी रहेको छ ।

अन्तिम अध्यावधिक: ११ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस