Advertisement
Skip This
ट्रेण्डिङ

टर्कीबाट पाँच नेपाली निष्काशित

होमपेज / प्रवास / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ७ माघ २०८१ (९ महिना अघि)
  • ३२६

अवैध रुपमा टर्कीमा बस्दै आएका पाँच जना नेपाली निष्काशित भएका छन्। गत शनिबार उनीहरु टर्किस एयरलाइन्सको जहाजबाट काठमाडौं आइपुगेका छन्।

अवैधरुपमा बसेको थाहा पाएपछि टर्कीको प्रहरीले उनीहरूलाई केहीदिनअघि पक्राउ गरेको थियो। निष्काशित हुनेहरूमा जीवन राज आङदाम्बे, राजु सुनुवार, गोविन्द श्रेष्ठ, नरध्वज थारु र श्रीष थापा रहेका छन्।

पक्राउ परेका न‍ेपालीहरू टर्कीलाई ट्रान्जिट बनाइ युरोप र अमेरिका छिर्ने प्रयासमा थिए। उनीहरूलाई काठमाडौंबाट मानव तस्करको सञ्जालले त्यहाँ पुर्‍याएको हुनसक्ने बताइएको छ।

उनीहरूको साथमा आफ्नो राहदानीसमेत थिएन। ट्राभल डकुमेन्ट बनाएर उनीहरू नेपाल आएका हुन्। उनीहरूलाई मानव तस्करकै सञ्जालले त्यहाँ अलपत्र पारेको थियो । लुकिछिपी बसेका उनीहरूलाई टर्कीको अध्यागमन  प्रहरीले पक्राउ गरी निष्काशन गरेको हो।

टर्कीमा रहेका बेला उनीहरूले क-कस्तो काम गरेका थिए भन्ने विषयमा भने खुल्न सकेको छैन।

अन्तिम अध्यावधिक: ७ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस