कञ्चनपुर : पेस्तोल सहित चार भारतीय पक्राउ

होमपेज / घटना / मुख्य समाचार / समाचार / समाज /
भारतीयले नेपाली माथि पेस्तोल ताकेपछि..
कञ्चनपुर : पेस्तोल सहित चार भारतीय पक्राउ
  • रेडियो सुदूर सञ्चार
  • १० माघ २०८१ (२ बर्ष अघि)
  • १०२३

ऐश्वर्या कुँवर / कञ्चनपुर 

बुधबार राति कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित चाँदनी डान्सबारबाट पेस्तोल सहित चार भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका ६ स्थित चाँदनी डान्सबारबाट पेस्तोल सहित चार भारतीयलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीका अनुसार - भारतीय नागरिकले चलाएको यु.के ०६ ए.आर ०८४६ नम्बर प्लेटको गाडी पेस्तोल सहित चार जनालाई पक्राउ गरिएको हाे ।,

पक्राउ पर्नेमा भारतकाे प्रेमनगर खटिमा बस्ने ३१ वर्षीय संजय जेठी, ए.ए बस्ने ३४ वर्षीय जीवन सिहं, ३१ वर्षीय कोमल विष्ट र वर्ष ३४ का उमेद सिहंं अधिकारी रहेकाे प्रवक्ता जाेशीले बताए ।

डान्सबार भित्र मदिराको मात लागेका भारतीयले नेपाली माथि एका-एक पेस्तोल ताकेपछि घटना सार्वजनिक भएको थियो । 

हतियार सहित पक्राउ परेका उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अध्यावधिक: १० माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस