८ वर्षीया बालिका ब*लात्कृत, ५० वर्षीय पुरुष पक्राउ

होमपेज / अपराध / मुख्य समाचार / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • ११ माघ २०८१ (३ महिना अघि)
  • ३२०

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार पीडित परिवारको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको हो ।

पीडित परिवारले बिहीवार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जाहेरी दर्ता गरेका थिए । जाहेरी परेपछि आरोपितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । अनुसन्धान जारी रहेकाले प्रहरीले आरोपीको परिचय गोप्य राखेको छ ।

अन्तिम अध्यावधिक: ११ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस