ट्रेण्डिङ

कञ्चनपुर : नहरमा डुबेको अवस्थामा श*व फेला

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १३ माघ २०८१ (७ महिना अघि)
  • ३७२

कञ्चनपुर -

कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी-बेलडाँडी सडक खण्डको आमखैया पुल नजिक रहेको नहरमा डुबेको अवस्थामा एकजना अन्दाजी ५०/५२ वर्षीय पुरुष मृत फेला परेका छन् ।

आज दिउँसो उक्त सडकमा आवतजावत गर्ने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। नहरको पानीमा तैरिरहेको लाशको हालसम्म सनाखत नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शवलाई सनाखत र पोष्टमार्टमका लागि महाकाली अस्पताल पुर्याइएको छ । मृतकको पहिचान र मृत्युको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

अन्तिम अध्यावधिक: १३ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस