रास्वपाले ७ वटै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने, तोकिए यि नेता

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १५ माघ २०८१ (३ महिना अघि)
  • ३२१

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ वटै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने भएको छ। सोमबार बसेको सचिवालय बैठकले आगामी फागुन महिनामा  ‘सर्वाङ्गीण संवाद’  संवाद गर्ने भन्दै त्यसका लागि नेताहरु समेत तोकेको कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

 

रास्वपाका केन्द्रीय सचिवालय सदस्य र पदाधिकारी र सांसदहरूलाई त्यसको जिम्मेवारी दिएको हो। सुदूरपश्चिम प्रदेशमा दीपक बोहरा र प्रतिभा रावल तोकिएका छन् भने कर्णाली प्रदेशमा लिमा अधिकारी, लुम्बिनीमा विपिनकुमार आचार्य र गण्डकीमा शिशिर खनाल तोकिएका छन्। त्यस्तै वागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, मधेशमा विराजभक्त श्रेष्ठ र  मनिष झा रहेका छन् भने कोसी प्रदेशम सुमना श्रेष्ठ र रमेश प्रसाईं रहेका छन्। 

 

 

 

अन्तिम अध्यावधिक: १५ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस