अमेरिका पठाउने भन्दै एक करोड ठगि गर्ने कन्चनपुरका एक युवक पक्राउ

होमपेज / अपराध / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १६ माघ २०८१ (३ महिना अघि)
  • ५८६

कन्चनपुर -

अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भइ काठमाडौं टोखा बस्ने २५ वर्षीय भुवन कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलवमा अमेरिका पठाउने भन्दै तीन जनाबाट एक करोड रुपैयाँ लिएर ठगी गरेको आरोप छ । पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

अन्तिम अध्यावधिक: १६ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस