कञ्चनपुर : मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृ*त्यु, एक घाइते

होमपेज / दुर्घटना / मुख्य समाचार / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • १८ माघ २०८१ (३ महिना अघि)
  • ११९४

बेलौरी, कञ्चनपुर -

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । महेन्द्रनगर राजमार्ग स्थित बेदकोट नगरपालिका-७ सुडामा बेलौरी नगरपालिका-८ का २१ वर्षीय अमृत चौधरीले चलाएको म ३ प १४७१ नम्बरको मोटरसाईकल बिहीवार साँझ दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार भीमदत्त नगरपालिका-१८ बस्ने ३० वर्षीय हरिस खुनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका खुनाको उपचारका क्रममा बिहीवार नवजिवन अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 

 

अन्तिम अध्यावधिक: १८ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस