पुनर्वास, कञ्चनपुर -
कञ्चनपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।जिल्लाको पुनर्वास नगरपालिका-५ बाट सुदूरपश्चिम प्रदेश ०१-००८ प ३८१८ नम्बरको मोटर साईकलमा सवार कैलालीको गोदावरी नगरपालिका-३ बस्ने ३२ वर्षीय सन्तोष भट्ट र सोही ठाँउ बस्ने ३६ वर्षीय उद्धबराज भट्ट पक्राउ परेका हुन् ।
दुबै जनालाई १ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।