बेलाैरी : कम्प्युटर अपरेटरको अन्तिम नतिजा प्रकाशनपछि परीक्षार्थीकाे आपत्ति

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ माघ २०८१ (३ महिना अघि)
  • ११३३

बेलाैरी, कञ्चनपुर -

शनिबार बेलौरी नगरपालिकाले करार सेवामा सहायक कम्प्युटर अपरेटर पदको अन्तिम नतिजा प्रकाशन गरेपछि परीक्षार्थीहरुले आपत्ति जनाएका छन् ।

अपरेटरकाे अन्तिम नतिजामा अनियमितता भएको जिकिर गर्दै उनीहरूले पालिकालाई आफ्नै आसेपासे भर्ती केन्द्र बनाएको आराेप लगाएका हुन् ।

परीक्षामा सहभागीहरूले -" पहिले नै सेटिङ थियो भने हामीलाई किन बेकुफ बनाइयाे भन्ने साझा प्रश्न समेत गरेका छन् ? जुन सार्वजनिक नतिजाले बताएको छ । 

बेलौरी नगरपालिकाले ०८१ मंसिरको पहिलो साता करार सेवाका लागि सब–इन्जिनियर पद र सहायक कम्प्युटर अपरेटर पदको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।त्यसको दुई चरणमा परीक्षा सम्पन्न गर्दै नतिजा सार्वजनिक गरिएको छ ।

अपरेटरकाे लिखित परीक्षा अन्तरवार्ता र अन्तिम नतिजा प्रकाशन पनि शनिबार एकै दिनमा सम्पन्न गरेकाे हाे । भने जसकाे अन्तिम नतिजा भन्दै नगरपालिकाकाे वेभसाइट मार्फत अबेर राति मात्रै सार्वजनिक गरिएको थियो । 

लिखित परीक्षाबाट १० जनालाई पास गरिएकाे साइटकाे सूचनामा उल्लेख छ ।, जसबाट ७ जनालाई अन्तर्वार्ताका लागि छनाेट गरियो र बाँकी विकल्पमा समेत परेकाे देखिदैन्।

उक्त सूचना बेलाैरी नगरपालिकाकाे वेभसाइट www.belaurimun.gov.np बाट साेही राति विभिन्न सञ्चार माध्यमहरुले सू-सूचित गराउदा अनुत्तीर्ण  परीक्षार्थीहरुले अनेकौं टीका-टिप्पणी गरेका थिए ।

पालिकाले प्रकाशित गरेको अन्तिम नतिजामा १ सय ५२ जना निवेदकमध्ये नगरपालिकामा कार्यरत कर्मचारी र निकटका व्यक्ति मात्रै छनाैट हुनुले सर्वसाधारणमा शंका उत्पन्न हुनु स्वभाविक मानिन्छ ।

तर यसकाे वास्तविकता बुझ्न बेलाैरी प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गर्दा सम्पर्क हुन् सकेन् ।

तथापि कर्मचारी छनाैट सूची यहाँ छर्लङ्ग पारिएकाे छ-

विनोद चौधरी – नगर उपप्रमुखकाे सचिवालयमा कार्यरत छन् भने, साहेवलाल चौधरी - बेलौरी नगरपालिका १० वडाध्यक्षका छोरा हुन् ।

यस्तै, अमर चौधरी, कृष्ण बहादुर बुढा, माेहन राना, जगदिश चौधरी, जंग बहादुर चौधरी वडाहरुमा कार्यरत कर्मचारी रहेको बुझिन्छ ।

लिखित परीक्षामा सहभागी १ सय ३ जना परीक्षार्थी मध्ये एक जना पनि बाहिरको व्यक्ति पास नहुनुले करार कर्मचारी छनाैट प्रक्रिया माथि नै गम्भीर प्रश्न उठेको छ ।

यद्यपि यसकाे पारदर्शिता जवाफदेहिता र निश्पक्ष छानबिनका लागि स्थानीय नागरिक समाज एवम् सराेकारवालाहरुले जाेडदार माग गरेका छन् । 

अन्तिम अध्यावधिक: २१ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस