कञ्चनपुर -
लागूऔषधमा किशोर एंव युवा पुस्ता लिप्त रहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा एक नेपाली सेनाका जवान लागूऔषध सहित पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोले भीमदत्त नगरपालिका ११गड्डाचौकीबाट सेनाका जवान अर्जुन गुरुङ्गलार्ई पक्राउ गरेको जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरका इन्चार्ज बरिष्ठ प्रहरी नायब निरीक्षक केशबराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले सेनाका जवान गुरुङ्गलाई पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरोका प्रह पदम विष्टले तीन बजेतिर २.८३ ग्राम खैरो हिरोईन सहित गुरुङ्गलाई पक्राउ गरिएको बताए ।
उनका अनुसार गुरुङ्गको दरबन्दी श्री भवानी बक्स गण सिन्धुली दरबन्दी भएका गुरुङ्गले जुत्ताभित्र लुकाई राखेको अवस्थामा लागूऔषध फेला पारेको जनाएको छ । गुरुङ्गलाई ब्यूरोले आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाएको छ । कञ्चनपुर प्रहरीले गुरुङ्गका विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।
सुरक्षा निकायकै कर्मचारी यसरी लागूऔषध ओसारपसार एंव कारोबारमा लिप्त भएपछि झन चुनौती थपिएको सर्वसाधारणको भनाई छ ।