१९ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?

होमपेज / अर्थ / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २२ माघ २०८१ (३ महिना अघि)
  • ४५९

सुनको भाउ आज एकैदिन एक हजार नौ सयले बढेको छ । सुनको भाउ आज एक हजार नौ सय रुपैयाँले बढेर तोलाकाे एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लगातार तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज बढेको हो । हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ३० रुपैयाँमा कायम भएकाे महासङ्घले जनाएको छ ।

अन्तिम अध्यावधिक: २२ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस