गौरीफन्टा सीमा नाकाबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ ।
नेपाल–भारत सीमा नाकामा सशस्त्र सीमा बल एसएसबीले मानव तस्करीको प्रयास असफल पार्दै १६ वर्षीया नेपाली किशोरीको उद्धार गरेको हो । गौरीफन्टा चेकपोस्टमा प्राप्त सूचनाका आधारमा एसएसबीले बैंगलोर लैजाने तयारीमा रहेका २० वर्षीय युवकलाई पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकी किशोरी बझाङकी रहेको खुलेको छ भने अभियुक्त युवक सोही जिल्लाका सुशील पार्की रहेका छन् ।
अनुसन्धानका क्रममा अभियुक्त नेपालमै अध्ययनरत रहेको पत्ता लागेको छ । किशोरी विगत तीन दिनदेखि घरबाट बेपत्ता रहेको एसएसबीको अनुसन्धानबाट खुलेको छ । घटनाबारे तत्काल दुवैका अभिभावकलाई जानकारी गराइएको थियो ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अभियुक्त युवकलाई नेपाल प्रहरी कैलालीको जिम्मा लगाइएको छ भने पीडित किशोरीलाई आमाबुवाको उपस्थितिमा नेपाल एनजीओ पीआरसी लाई बुझाइएको छ ।