२२ सयले बढयो सुनको भाउ, तोलाको कति ?

होमपेज / अर्थ / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २३ माघ २०८१ (३ महिना अघि)
  • ५९१

नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसअघि, मङ्गलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । मङ्गलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएको थियो । 

अन्तिम अध्यावधिक: २३ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस