अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटमा बाेस्टन क्रिकेट झापाले घाेडाघाेडी–११ सुख्खडलाई हराएकाे छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएकाे खेलमा झापाले घोडाघोडी–११ लाई १ रनले हरायो । झापाले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको घोडाघोडी–११ ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रनमात्र बनाउन सक्यो । घोडाघोडी–११ का दिनेश रावतले ६४ रन बनाए । झापाका अभिषेक कार्कीले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको झापाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो । झापाका रोशन शाहले ४१ तथा रोशन विक र अभिषेक कार्कीले समान ३७ रन बनाए । घोडाघोडी–११ का शेर मल्लले २ विकेट लिए ।
यो जीतसँगै झापा–३ खेलमा २ अङ्कसहित समूह ‘ए’ को तेस्रो स्थानमा छ । घोडाघोडी–११ २ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ ।