१६ सयले बढ्यो सुनको भाउ, तोलाको कति?

होमपेज / अर्थ / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २४ माघ २०८१ (३ महिना अघि)
  • ६४४

सुनको भाउ आज एकैदिन एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६६ हजार नौ सय रुपैयाँ रहेको थियो । तीन दिनयता सुनको भाउ निरन्तर बढिरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ आज पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

अन्तिम अध्यावधिक: २४ माघ २०८१
Loading...
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस