रिहा भएपछि रविले भने, ‘यो प्रसव पीडाजस्तै परिवर्तनको पीडा हो’

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २४ माघ २०८१ (३ महिना अघि)
  • १७३९

चितवन जिल्ला अदालतबाट रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबाट सुरु भएको परिवर्तन देशब्यापी हुने बताएका छन् । उनले चितवन पवित्र देवभूमी भएकोले यो क्षेत्रले देशको परिवर्तनको ढोका खोलेको बताएका हुन् । 

उनले चितवनबासीले निर्वाचनबाटै परिवार्तको सुरुवात गरेको बताए । रिहा भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘चितवन देवभूमि हो, यो देवता बस्ने ठाउँ हो र देवताजस्ता मानिस बस्ने ठाउँ हो । त्यसकारण यसले मलाई होइन देशलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा म विश्वस्त छु । अहिले कुम्भ मेला चलेको छ, हाम्रो यही देवघाटमा एकपटक स्ना गर्ने हो भनेको कुम्भ मेलामा सय पटक स्नान गर्नु बराबर हो भनेर कयौँ मानिसले भनेका छन् । यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको हो अघिल्लो निर्वाचनमा नै । यो ठाउँले व्यक्ति चुनेको होइन, देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । सुरुवात चितवनले गर्यो, यो देशब्यापी हुन्छ । परिवर्तन जन्मदै छ । त्यसकारण आमाहरुलाई थाहा छ प्रशव पीडा भनेको के हो । परिवर्तन जन्मने बेलाको पीडा हो त्यसकारण हामीले रुनुपरेको हो । परिवर्तन जन्मिएरै छोड्छ ।’

लामिछानेलाई जिल्ला अदालत चितवनले रिहाईका लागि ५४ लाख रुपैयाँ धरौटी तोकेको थियो । उनी सोही बराबरको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । 

अन्तिम अध्यावधिक: २४ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस