आज कञ्चनपुर महाेत्सव समापन गरिदै, साथमा ज्याेती मगर..

होमपेज / उद्योग / कला संस्कृति / मनोरंजन /
महाेत्सव अवलोकन गर्न उद्योग वाणिज्य संघकाे आह्वान
  • रेडियो सुदूर सञ्चार
  • २६ माघ २०८१ (३ महिना अघि)
  • २७५

केशव थापा / कञ्चनपुर -

यहीँ माघ १५ गतेदेखि महेन्द्रनगर खुलामञ्चमा सञ्चालन भइरहेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव आज (शनिबार) समापन गरिदैछ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान सम्बृद्धन एवम् सु-संस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मूल नारा अघि सारेर सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक कञ्चनपुर पर्यटन महोत्सव सञ्चालन गरिएको थियो । 

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरकाे खुलामञ्चमा जारी महोत्सवलाई हजारौँ दर्शकले अवलोकन गरेका छन् ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एवम् मेला मूल आयोजक समितिका संयोजक ललित परियारले दैनिक हजारौँ दर्शकले मेला अवलोकन गरिहेको बताए ।

संयोजक परियारका अनुसार नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल घिमिरेको प्रमुख आथित्यमा समापन हुनेछ । 

ओझेलमा परेका सुदूरपश्चिमका लोक कला देखि राष्ट्रिय कलाकारबाट दैनिक हुने प्रस्तुती अवलोकनका लागि हजारौँ दर्शक आईरहेको बताए । 

मेलामा बाल उद्यान सहित लघु उद्यम प्रर्दशन, अटो प्रर्दशन, कृषि प्रर्दशनी, गार्मेन्ट, बैकल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, विद्युतीय समाग्री, शिक्षा,स्वास्थ्य, क्षेत्रका सेवा प्रर्दशनी गरिएका छन् ।

संयोजक परियारले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए । संयोजक परियारका अनुसार भीनपा ८तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २रुपैया र समाजकल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैया छुट्याईनेछ  । ‘हामीले साधारण टिकट तर्फ यस्तो समाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवत सामाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई समाज सेवाका लागि समेत रहेको उनले बताए । 
मेला महोत्सव साँस्कृतिक संयोजक करन पालले समापनका दिन चर्चित गायक तथा मेडेल ज्योती मगर सहित गायक जिवन परियार, महेन्द्र विक सहितको धमाकेदार प्रस्तुती रहने बताए । उनलेे ओझेलमा परेका कलादेखि चर्चामा आएका सबै स्थानीय एवम् राष्ट्रिय कालाकारहरुलाई समेत स्थान दिईरहेको बताए । संयोजक पालले महाेत्सव अवलोकन गर्न सबैलाई आह्वान गरेका छन् ।

अन्तिम अध्यावधिक: २६ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस