विकास सिंह महता / बङ्गलादेश
बङ्गलादेशकाे ढाकामा आयाेजित एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा २०२५ का लागि आज नेपाल र उज्बेकिस्तान भिड्नेछन् ।
नेपालले आफ्नो पहिलो खेल उज्बेकिस्तान सँग खेल्न गरिरहेको छ । च्याम्पियनसिप खेल्न बङ्गलादेश पुगेको नेपाली एम्पुटी पुरुष राष्ट्रिय टिमले पहिलो खेलमा माघ २६ गते शनिबार (फेब्रुअरी ८) बिहान ११:३० बजे उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपालका टिम कप्तान डिल्ली बहादुर बिष्टले भने
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पुगेको उक्त नेपाली टिमले लिगका चार खेलमा सुखद् नतिजा ल्याउने अपेक्षा राखेको छु। अन्य देशको तुलनामा नेपाली टोली पनि बलियो नै रहेको छ।
दोस्रो खेल नेपालले बङ्गलादेशसँग माघ २७ गते बिहान ११:३० बजे, तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराकसँग र अन्तिम खेल २९ गते दिउँसो ३ बजे इन्डोनेसियासँग खेल्ने प्रतियोगिताको खेल तालिका रहेको छ ।
एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका र एउटा हात नभएका) खेलाडी हरूले खेल्ने खेल हो । एम्पुटी खेलकुद समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ ।
प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बङ्गलादेश, इरान, इराक र उज्बेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने भनिए तापनि इरानको सहभागिता नहुँदा ५ राष्ट्र बिच प्रतिस्पर्धा हुनेछ ।