हमासले आज थप तीन इजरायली बन्धकलाई रिहा गर्दै

होमपेज / अन्तर्राष्ट्रिय / प्रवास / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २६ माघ २०८१ (३ महिना अघि)
  • १५९

हमास लडाकु समूहले आज गाजाबाट थप तीन जना बन्दी रिहा गर्ने भएको छ । उनीहरु तीनै जना पुरुष हुन् । जसमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी रहेका छन् ।

गएको जनवरी १९ तारिखमा युद्धविराम लागू भएपछि अहिलेसम्म हमासले १८ जनालाई मुक्त गरिसकेको छ ।

आज रिहा हुनेसहित हमासको कब्जाबाट मुक्त हुनेको सङ्ख्या २१ जना पुग्नेछ । तीन जनाको बदलामा इजरायलले १ सय ८३ जना प्यालेस्टाइनी कैदीबन्धीलाई रिहा गर्ने बीबीसीले जनाएको छ ।

तीन हप्ताको युद्धविराम अवधिमा पहिलो चरणअन्तर्गत हमासले ३३ जना बन्धक तथा इजरायलले झण्डै दुई हजार कैदीलाई मुक्त गर्ने भनिएको छ ।

हमासले सन् २०२३ अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण गरेर दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । यसअघि पनि कतिपय रिहा भएका छन् । केहीको ज्यान गएको छ ।

नेपालका विपिन जोशी पनि हमासको कब्जामा रहेका ठानिएको छ । उनको रिहाइका लागि पहल भइरहेको छ ।

अन्तिम अध्यावधिक: २६ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस