Advertisement
Skip This
ट्रेण्डिङ

थारु राष्ट्रिय मुक्ति मोर्चा कञ्चनपुरको अध्यक्षमा जोगराज चौधरी

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २६ माघ २०८१ (८ महिना अघि)
  • ४२४

शुनिल राना / कञ्चनपुर -

थारु राष्ट्रिय मुक्ति मोर्चा कञ्चनपुरको अध्यक्षमा जोगराज चौधरी चयन भएका छन् । शनिबार कृष्णपुरमा नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चा कञ्चनपुरको चौथो जिल्ला सम्मेलनबाट अध्यक्षमा चौधरी चयन भएका हुन् । 

उपाध्यक्ष भागीराम चौधरी, सचिव सोमलाल चौधरी, कोषाध्यक्ष  मैनामती चौधरी, सदस्यहरु मदन राना, तुल्सी राम चौधरी, तेज बहादुर चौधरी, कलेसी राना, धनीराम चौधरी, रामसिह चौधरी, डल्लीदेवी चौधरी, श्रबण राना, बिमला चौधरी, सन्चे चौधरी, जग्गु चौधरी, रङगे चौधरी, लाल बहादुर चौधरी, बिन्ती राम चौधरी, पण्डी बडायक, बासुदेव राना, जग्गु राना, उपदेव चौधरी रहेका छन् । 

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष एव संविधान सभा सदस्य देवीलाल चौधरीको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा, माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज एव संविधान सभा सदस्य टेकेन्द्र भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, पूर्व उपसभामुख निर्मला बडाल, पुर्व सासद महेश दत्त जोशी, नेता विपिन चौधरी, अमिन दहित सहितका नेता कार्यकर्ताहरु मोर्चाका नेताहरुको सहभागिता रहेको थियो ।

थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल कञ्चनपुरको अध्यक्षमा चयन भएका जोगराम चौधरीले संगठन विस्तारदेखि थारु समुदायको हकहितका क्षेत्रमा कामगर्ने प्रण गरेका छन् । 

अन्तिम अध्यावधिक: २६ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस