नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेकाे बस दु*र्घट*ना, २३ जना घाइते

होमपेज / दुर्घटना / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २७ माघ २०८१ (३ महिना अघि)
  • ७६६

नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटनामा परेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् ।

लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा रहेका २८ जनामध्ये २३ जना घाइते भएका छन् ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अरू यात्रु सकुशल छन् । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

अन्तिम अध्यावधिक: २७ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस