सुर्खेतबाट तीर्थयात्री बोकेर कुम्भ मेला जाँदै गरेको बस बबईमा दु*र्घट*ना

होमपेज / दुर्घटना / मुख्य समाचार / समाचार /
बसमा करिब ४० जना यात्रु सवार
  • रेडियो सुदूर सञ्चार
  • २७ माघ २०८१ (३ महिना अघि)
  • २६८४

सुर्खेतबाट तीर्थयात्री बोकेर भारतको कुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

भारतको महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनामा परेको हो । बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: २७ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस