स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग निःशुल्क परीक्षण गर्दै

होमपेज / मुख्य समाचार / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • ३० माघ २०८१ (३ महिना अघि)
  • ११९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन महिनामा ३० वर्षमाथिका नागरिककाे निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । ३० वर्षमाथिका नागरिकमा नसर्ने रोगहरू– मधुमेह, उच्च रक्तचाप र मिर्गाैलासम्बन्धी रोगसहित शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य परीक्षण स्थानीय स्वास्थ्य संस्थामा हुनेछ । देशमा १ करोड ४० लाख ९० हजार नागरिक ३० वर्षमाथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने मन्त्रालयको लक्ष्य छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यसअघि निरोधात्मक विधिबाट रोगहरूविरुद्ध प्रतिकारात्मक अभियान चलाउने घोषणा गर्नुभएको थियो । त्यही घोषणा अनुसार मन्त्रालयले १ महिनासम्म निःशुल्क परीक्षण अभियान चलाउन लागेको हो ।

मन्त्रालयले फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्ध स्क्रिनिङ अभियानसमेत सञ्चालन गर्ने बताएको छ ।

अन्तिम अध्यावधिक: ३० माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस