लालझाडी, कञ्चनपुर -
कञ्चनपुरमा दुलहा बेपत्ता भएपछि विवाह स्थगित भएको छ।
लालझाडी गाउँपालिका ४ पर्सियाका दिपराज राना बेपत्ता भएपछि उनको विवाह स्थगित भएको हाे ।
रानाको विवाह शुक्लाफाँटा नगरपालिका ६ कसरौलकी सुमित्रा रानासंग तय गरिएको थियो।
४ फागुन ०८१ मा बिहे तय गरेका राना परिवारले विवाहको चारदिन अघिदेखि नै दुलहा गायब भएपछि विवाह स्थगित गरिएको जनाइएको छ ।
३० माघमा कोटपाईन्ट ल्याएर आउँछु भन्दै धनगढी बजार गएका दुलहा विवाहकै मिति सम्म पनि सम्पर्कमा नआएपछि यतिबेला राना परिवार चिन्तितमा छन् ।
दुलहाका दाजु लोकराज रानाले भाई नै गायब भएपछि विवाह रोकिएको बताए । उनले भाईको विवाह गर्नका लागि केही महिना अघि मात्रै मग्नी गरेकाे जनाए ।,
विवाहका दिन लगाउने कोट किन्छु, भन्दै धनगढी निस्केका (बेहुला) विवाहकाे मिति सम्म पनि नआएपछि अहिलेलाई विवाह स्थगित गरेका छौँ, ‘उनले भने, ‘विवाह भन्दा पनि मानिस नै गायब भएपछि खोजी गर्नुपर्ने बाध्यता छ । भाई आजसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् , हामी चिन्तित छौँ ।
उनले विवाहको तयारीका लागि कार्ड छपाई देखिका आवश्यक कामकाजको तयारीकै मुखमा भाई सम्पर्कमा नआएपछि एकातिर कतै हामीले भाई गुमायाैं कि? भन्ने पिर परेको बताए।
दुलहा परिवारले उनको खोजीका लागि कञ्चनपुर, कैलाली दुवै प्रहरीमा निवेदन दिएका छन् ।
दुलहा नै गायब भएपछि विवाहका लागि गरिएको सबै तयारी खेर गएको छ । भने, दुबै राना परिवारमा सन्नटा छाएको छ ।
यस्तै, उनीलाई कसैले अपहरण, हत्या वा कि स्वयंम उनी आफैं फरार भएको बारे अझैसम्म पनि अनविज्ञता छ । भने प्रहरीले उनको खाेजी गरिरहेको जनाइएको छ ।