प्रदेशका संरचना थपघट हुनसक्छ : प्रधानमन्त्री ओलि

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १० फागुन २०८१ (२ महिना अघि)
  • १४७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका संरचनाहरू थपघट हुनसक्ने बताएका छन् । शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्छ तर अझ त्यसका संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुनसक्दछन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सात वटा प्रदेश ९ वटा पनि हुनसक्छ, सात वटा प्रदेश पाँच वटा पनि हुनसक्छ । त्यसो भयो भने पनि कुनै रुवाबासी गर्नुपर्ने अवश्यक छैन । ६ वटा पनि हुनसक्छ ।’

देश, विकास र जनताको आवश्यकता हेरेर त्यसअनुसार हेरफेर गर्नुपर्ने उनको जिकिर छ ।

‘देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो,’ प्रधानमन्त्री ओलीले भने ।

अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधारहरू गर्ने कुरालाई सामान्य रुपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘अब त्यस्तो ठूलो केही राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्नुपर्ने केही छैन, रिफर्महरू गर्नुपर्ने हुनसक्छ । सुधारहरू गर्नुपर्ने हुनसक्छ । सुधार गर्दै अघि बढ्छौँ,’ प्रधानमन्त्री ओलीले भने ।

अन्तिम अध्यावधिक: १० फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस