देउवाले बोलाए कांग्रेस शीर्ष नेताहरूको बैठक

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १६ फागुन २०८१ (४ महिना अघि)
  • ३०८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बूढानीलकण्ठस्थित देउवानिवासमा शुक्रबार अपराह्न ४ बजे बस्ने बैठकमा संसद, पार्टीको गतिविधि र समसामयिक विषयमा कुरा हुने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । 

संसदमा पेस भएको अध्यादेश, संसदमा विचाराधीन विधेयकलाई यसै अधिवेशनमा पारित गर्ने, भ्रातृ संस्थाको अधिवेशनका लागि बनेका निर्देशक समितिलाई सहजीकरण गर्ने र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ ।

 

अन्तिम अध्यावधिक: १६ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस