बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित आवास

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १७ फागुन २०८१ (४ महिना अघि)
  • २६७

बेलौरी, कञ्चनपुर -

कञ्चनपुरको बेलौरी नगरपालिकाका १५ अति विपन्न  परिवारलाई सुरक्षित आवास उपलब्ध गराइएको छ । सुरक्षित आवास कार्यक्रम अन्तरगत रतनपुरका १० र भुडाका पाँच गरी १५ परिवारलाई सुरक्षित आवास उपलब्ध गराइएको हो । नगरपालिका र गैरसरकारी संस्थाको संयुक्त लागत साझेदारीमा आवास निर्माण गरिएको हुन् ।

आवास निर्माणका लागि नगरपालिकाले प्रतिघरमा तीन लाख र निड्सले दुई लाखमा साझेदारी गरी दुई कोठा बरण्डासहितका घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए ।

उनका अनुसार आवास उपलव्ध गराइएकामा विपद् प्रभावित, आदिवासी जनजाती र दलित समुदायका व्यक्ति रहेका छन् । आगामी आवमा वडा नं ५, ६, ७ र ८ का बाढीजन्य बिपदबाट प्रभावित अति विपन्न परिवारका लागि आवास निर्माणका लागि योजना बनाइ कार्यान्वयन गरिने नगर प्रमुख चौधरीको भनाइ रहेको छ ।

आवासको व्यवस्था नहुँदा असुरक्षित तरिकाले बस्दै आएका परिवारले सुरक्षित आवास पाएका छन्, उनले भने, नगर क्षेत्रमा बसोवास गर्ने सबै परिवार सुरक्षित आवासमा बसुन भन्ने चाहना अनुरूप योजनावद्ध रूपमा कार्य गरिरहेका छौँ ।

अन्तिम अध्यावधिक: १७ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस