फेब्रुअरी महिनामा ९६ हजारभन्दा धेरै पर्यटक नेपाल भ्रमणमा

होमपेज / पर्यटन / मुख्य समाचार /
फेब्रुअरी महिनामा ९६ हजारभन्दा धेरै पर्यटक नेपाल भ्रमणमा
  • रेडियो सुदूर सञ्चार
  • १९ फागुन २०८१ (११ महिना अघि)
  • ३१८

फेब्रुअरी महिनामा महिनामा ९६ हजारभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

पर्यटन बोर्डका अनुसार यस महिना ९६ हजार आठ सय ८० पर्यटक नेपाल भित्रिएका हुन् । पर्यटकको यो सङ्ख्या गएको वर्षको यसै अवधिको तुलनामा कम हो ।

सन् २०२४ को फेब्रुअरीमा ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका थिए । यसवर्ष सन् २०२५ को फेब्रुअरीमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । यस महिना भारतबाट १९ हजार एक सय ८७ जना नेपाल भ्रमणका लागि आएका हुन् ।

अमेरिकाबाट १० हजार तीन सय ४८ जना  आएका छन् भने चीनबाट आठ हजार दुई सय ३२ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।

त्यस्तै, फेब्रुअरीमा थाइल्याण्डबाट पाँच हजार छ सय नाै जना, बेलायतबाट पाँच हजार ५७ जना, बङ्गलादेशबाट चार हजार आठ सय ७४ जना, श्रीलङ्काबाट चार हजार तीन सय ७० जना, अष्ट्रेलियाबाट तीन हजार सात सय ३७ जना, म्यानमारबाट तीन हजार एक सय ४९ जना तथा दक्षिण कोरियाबाट दुई हजार सात सय ७९ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागले जनाएको छ ।

अन्तिम अध्यावधिक: १९ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस