नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न पुष्पकमल दाहाल प्रचण्ड टीकापुर आउने भएका छन् । भोलि (मंगलबार) उद्घाटन हुने सम्मेलनको उद्घाटन गर्न प्रचण्ड टीकापुर आउन लागेका हुन् ।
भोलि मध्याह्न १२ बजे सम्मेलनको उद्घाटन गर्ने तय गरिएको थारु राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले जानकारी दिए । सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारु, राना थारु तथा कठरिया थारु समुदायको गीत, नृत्यलगायत कला, संस्कृति प्रस्तुत गरिने मोर्चाले जनाएको छ ।
सम्मेलनको उद्घाटन समारोहमा प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनाद्र्धन शर्मा, गिरीराजमणी पोखरेललगायत नेताहरू सहभागी हुने जनाएको छ ।