ट्रेण्डिङ

रेशम चौधरीलाई जोखिम उठाएर जेलबाट छुटाएकाे हुँ : प्रचण्ड

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ फागुन २०८१ (६ महिना अघि)
  • ७५९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीलाई जोखिम उठाएर जेलबाट छुटाएको दाबी गरेका  छन् ।

कैलालीको टीकापुरमा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

 ‘टीकापुर थारु विद्रोह थारुहरुको अधिकारका लागि भएको हो,’ उनले भने, ‘म त्यसको सम्मान गर्न चाहन्छुु ।’

टीकापुर घटनामा थुप्रै जालझेल भएको मलाई थाह छ,’ उनले भने, ‘थारुको बच्चा हो छुटाउनुपर्छ भनेर रेशम चौधरीलाई जोखिम उठाएर छुटाएको हुँ । तर, अहिले रेशम कताकता छन् । रेशमले पनि माओवादीमै आउनु उचित हुन्छ ।’

अर्को प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेसंग मिलेर सरकार चलाउँदा दुबै पार्टीको रोग सरेको बताए । ‘कहिले काँग्रेस त कहिले एमालेसंग मिलेर जाँदा अलिअलि काँग्रेस र अलिअलि एमालेको रोग स¥यो,’ उनले भने, ‘अहिले त्यो रोगको उपचार गरिरहेका छौं । रोगको उपचार जनताको घरदैलोमा गएर हुन्छ भनेर हामी सोहीअनुसार अगाडि बढेका छौं ।’

प्रचण्डले अब काँग्रेस र एमालेसंग रोग सर्ने गरी एकता गर्ने पक्षमा नरहेको बताए । अध्यक्ष प्रचण्डले भ्रष्टाचारको विरुद्ध अभियान सुरु गर्दा माओवादीलाई सरकारबाट बाहिर राखिएको बताउँदै भने, ‘त्यो अभियानले जनतामा आशा जगाउँदै गएको थियो । तर, हामीलाई सरकारबाट बाहिर पारियो । बाहिर आए पनि सुशासन, सामाजिक न्याय र विकासको मुद्धा जनतामा ल्याएर आएका छौं ।’

अन्तिम अध्यावधिक: २१ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस