राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत
  • रेडियो सुदूर सञ्चार
  • २२ फागुन २०८१ (१० महिना अघि)
  • ३८७

राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत भएको छ । बुधबार प्रतिनिधि सभाबाट पाँच अध्यादेश स्वीकृत भएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको ३ सिटमा साथ पाएर सरकारले राष्ट्रिय सभाबाट पाँच अध्यादेश पास भएका हुन् । अध्यादेशहरू बहुमतद्वारा स्वीकृत भएका छन् ।

योसँगै सरकारले संसद् सुरु हुनु दुई साता अगाडि ल्याएको भूमि सम्बन्धी अध्यादेशबाहेक सबै अध्यादेश पास हुने सम्भावना देखिएको छ । यो सँगै सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र पुस १४ गते जारी भएको सहकारीसम्बन्धी अध्यादेश दुवै सदनमा पेस गरेको छ ।

अन्तिम अध्यावधिक: २२ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस