Advertisement
Skip This
ट्रेण्डिङ

संविधानले महिलालाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयन पक्ष कमजोर : रञ्जुकुमारी झा

होमपेज / जीवनशैली / विविध /
  • रेडियो सुदूर सञ्चार
  • २४ फागुन २०८१ (७ महिना अघि)
  • ५३५

शनिबार विश्वभर ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । यो वर्षको दिवसको नारा ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने छ। विश्वका विभिन्न देशमा जस्तै नेपालमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाइँदै छ ।

नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयन पक्ष कमजोर बनेको प्रतिनिधिसभा सदस्य रञ्जुकुमारी झाको बुझाइ छ। महिला दिवसको सन्दर्भ पारेर पत्रकार संगको कुराकानीमा सांसद झाले यस्तो बताउनु भएको हो।

संविधान सभा सदस्य समेत रहनु भएकी झाले महिलालाई अधिकार सम्पन्न बनाउन कानुन कार्यान्वयको निकायमा पुग्ने व्यक्तिको सोच परिवर्तन हुनुपर्नेमा जोड दिइन् । संविधानमा सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको विषय समेट्न सङ्घर्ष गर्नुपरेको अनुभव उनीसँग छ ।

आमाको नाममा नागरिकता पाउनुपर्छ भनेर मिहिनेत गर्नुपरेको र आज संविधान कार्यान्वयनको १० वर्ष पुग्न लाग्दा समेत कार्यान्वयन गर्ने व्यक्तिको चेतनामा सुधार ल्याउन नसकेको उनको भनाइ छ।

राजविराजमा मातृभाषा मैथिली बोल्दै हुर्केकी झाले छोरीले पढ्नु हुँदैन भन्ने तराईको गलत परम्परालाई तोडेर  स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरिन्। शिक्षाका लागि विद्रोह गर्नुपर्ने ठाउँमा हुर्किएर उनले कानुनमा एलएलबी गरेकी छिन्। झा मुख्यत महिलाको राजनीतिक, सामाजिक, शैक्षिक तथा आर्थिक सशक्तीकरणका लागि प्रशिक्षण अनुसन्धानमा समेत सक्रिय छिन्।

अन्तिम अध्यावधिक: २४ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस