रास्वपा : महिला सुधार गृहको अवलोकन

होमपेज / विविध /
  • रेडियो सुदूर सञ्चार
  • २४ फागुन २०८१ (२ महिना अघि)
  • १४२

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले केन्द्रीय कारागारको महिला सुधार गृहको अवलोकन गरेका छन् ।

८ मार्चको दिन पारेर रास्वपाका केन्द्रीय नेताहरूले महिला सुधार गृहको अवलोकन तथा जेलर/सुरक्षा अधिकारी र कैदी–बन्दीहरूसँग भेटघाट/छलफल गरेका हुन् ।

रास्वपाका अनुसार संघीय सांसद डा. तोसिमा कार्की, केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य कुसुम महर्जन, ललितपुर जिल्ला उपसभापति प्रभा कार्की, ललितपुर महानगर समितिकी राजनीतिक सल्लाहकार डा. निना रेग्मीलगायत टोलीले केन्द्रीय कारागारमा रहेका महिला कैदीहरूसँग भेट गरेर उनीहरूका समस्याबारे छलफल गरेको हो ।

महिला कैदीहरूको भौतिक तथा मनोसामाजिक स्थितिबारेमा अवलोकन तथा छलफल गरिएको पनि रास्वपाले जनाएको छ ।

अन्तिम अध्यावधिक: २४ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस